Monday, January 11, 2010

केहि महत्वपूर्ण कुराहरु

USB पेनड्राईभको Access Enable र Disable गर्ने तरिका










प्राय कलेज र अफिसहरुमा भाईरस इन्फेक्सन हुने डरले Pendrive को प्रयोगमा प्रतिबन्ध लगाएका हुन्छन । Pendrive को कारणले सर्ने भाईरस त्यहाको कम्प्युटर सिस्टम Administrator को टाउको दु:खाइ हुन्छ त्यसैले कुनै कुनै Administrator हरुले कम्प्युटरको USB Ports लाईनै Disable गरी दिएका हुन्छन । यसरी USB को Access लाई नै बन्द गरीदिएपछि त्यसको कारणले कम्प्युटर infected हुने कुरा नै आएन ।



तपाईंले पनि एउटा सजिलो Registry trick को प्रयोग गरेर आफ्नो कम्प्युटर system को USB ports लाई disable र re-enable गर्न सक्नु हुन्छ । त्यसको लागि तल लिखिएका तरिका अनुसार गर्नु होला ।



* "यो तरिका कम्प्युटरको system Registry सम्बन्धी भएको हुनाले कम्प्युटर बारे साधारण जानकारीनहुनेहरुले आफ्नो कम्प्युटरको Registry सके सम्म नचलाऊनु नै बेश हुनेछ ।"



USB port लाई disable गर्न ( यो तरिकाले windows xp र 2000 मा काम गर्छ )



१) Start मा क्लिक गर्नुहोस् र Run मा जानुहोस् ।

२) त्यहा regedit टाईप गरेर ओके गर्नुहोस् ।

३) अब तल लेखिएको location सम्म जानुहोस्



HKEY_LOCAL_MACHINE\SYSTEM\CurrentControlSet\Services\UsbStor



४) दाँयातिरको pane मा Start लेखिएकोमा डबल क्लिक गर्नुहोस् ।

५) Hexadecimal मा tick लागेको छैन भने tick लगाउनुहोस् र Value Data लाई 4 बनाइदिनुहोस् ।

६) ओके गर्नुहोस् र Registry Editor लाई बन्द गरिदिनुहोस् ।

No comments:

Post a Comment